सार्वजनिक सवारी बन्द गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नको लागि सरकारले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालेको छ ।

सार्वजनिक यातायात कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकसंगै आज साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here