कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा, ७ चैत । माहाकाली नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ् ।

विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्न र बचाउन आज देखी माहाकाली नगरपालिकामा जनचेतनामुलक कार्यक्रम संचालन सुरु गरेको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका सबै वडा तथा टोलमा पर्चा पम्पलेट, माईकिङ्ग तथा मास्क बितरण गर्ने कार्यक्रम रहेको नगर प्रबक्ता सिजालीले बताएका छन् ।

कोरोना सम्बन्धी आम नागरिकलाई जनचेतना दिन सकेमा रोगको संक्रमणबाट बच्न र बचाउन सकिने उनको भनाई रहेको छ् ।

कोरोना भाइरस विश्वलाई नै सशंकित बनाएको शंका उपशंकाका पछाडी नलाग्न सबै मा अपिल गर्दै र सावधानी का उपायहरु अपनाई व्यक्तिगत र वातावरणीय सरसफाईमा बिशेष ध्यान दिन सबैमा माहाकाली नगरपालिका कार्यालयले अनुरोध गरेको छ् ।

कोरोना भाइरस सम्बन्धीत चलाएका जनचेतना कार्यक्रमहरुमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरिएको छ् । भाइरसको संक्रमण फैलन नदिन माहाकाली नगरपालिका कार्यालयले सबै संग सहकार्य तथा समन्वय गरी कोरोना भाइरस रोकथामका लागि थप कार्यक्रम गर्ने तयारीमा रहेको बताईएको छ् ।

यता माहाकाली नगरपालिका स्थित गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले हिजै देखी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागी माहाकाली नगरपालिकाका बिभिन्न बस्तीमा पुगेर मास्क बितरण तथा जनचेतनामुलक कार्यक्रम अघि बढाईएको सनसेट युथ भोलेन्ट्रि ग्रुपका संयोजक रमेश भण्डारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here