डेबाला र उनको गर्लफ्रेन्डमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । युभेन्टसबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनी फुटबल स्टार पाउलो डेबाला र उनको गर्लफ्रेन्डमा कोरोना टेस्ट पोजेटिभ देखिएको छ ।

सामाजिक सञ्जालमा जानकारी दिँदै अर्जेन्टिनी फुटबलर डेबालाले आफु अहिले ठिक भएको र आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त नगर्न सबै फ्यानलाई अपिल समेत गरेका छन् ।

डेबाला मार्च ११ देखि नै आइसोलेसनमा रहदै आएका छन् । डेबाला कोरोना पोजेटिभ भएका युभेन्टसका तेस्रो खेलाडी हुन् ।

यस अघि डानीएल रुगानी र ब्लायस माटुईडीलाई कोरोना पोजेटिभ देखिएको थियो ।(एजेन्सी(

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here