‘घरमै बसेर सरकारलाई सहयोग गरौंः क्रिकेटर पारस खड्का

फाइलफोटो

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्व कप्तान क्रिकेटर पारस खड्काले अत्यावश्यक बाहेकका अन्य काममा घरबाहिर ननिस्कनको लागि सबैलाई अपिल गरेका छन् ।

क्रिकेटका खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सम्पुर्ण क्रिकेट टिम र आफ्नो व्यक्तिगत तर्फबाट अत्यावश्यक बाहेकका अन्य काममा बाहिर ननिस्कनको लागि आग्रह गरेका हुन् ।

अहिलेको परिस्थिति सहज नभएको भन्दै उनले भने, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’

यसका साथै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्नुपर्ने तथा सरकारलाई सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here