सातामा करिब ४ करोड कित्ता सेयर सूचीकृत

काठमाडौं ३०, चैत । गत साता दोस्रो बजारमा करिब ४ करोड कित्ता सेयर सूचीकृत भयो । उक्त अवधिमा ९ वटा कम्पनीको ३ करोड ८८ लाख ७३ हजार कित्ता सेयर सूचीकृत भएका छन् ।

तीमध्ये आरएसडीसी लघुवित्त वित्तीय संस्था, रीडी हाइड्रोपावर, आरमएडीसी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, जलविद्युत लगानी तथा विकास कम्पनी र कन्काइ विकास बैंकको वोनस सेयर सूचीकृत भए ।

सोही अवधिमा माउन्टेन हाइड्रो नेपालको आईपीओ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

आरएसडीसीको करिब ५ लाख ७६ हजार कित्ता, रीडी हाइड्रोपावरको तीनलाख कित्ता, आरमएडीसीको ७ लाख २६ हजार, ग्लोबल आइएमईको १ करोड ४२ लाख २१ हजार कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ९८ हजार ५ सय कित्ता, जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता, र कन्काइ विकास बैंकको १ लाख ५० हजार कित्ता वोनस सेयर सूचीकृत भए ।

सोही अवधिमा माउन्टेन हाइड्रो नेपालको आईपीओ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

गत साता करिब २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकम करिब ४३ प्रतिशतले बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here