‘सेल्फ क्वारेन्टाईन’ मा बस्न माहाकाली नगरपालिकाको आग्रह

पप्पु गुरुङ्ग, दोधारा, ९ चैत । माहाकाली नगरपालिकाले स्थानियहरुलाई ‘सेल्फ क्वारेन्टाईन’ मा बस्न आग्रह गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस को सक्रमणबाट बच्न माहाकाली नगरपालिका कार्यालयले प्रदान गर्दै आएको दैनिक सेवाहरु मध्य अत्यावश्यक सेवा बाहेक अन्य स्थागित गर्ने निर्णय गरेको छ् ।

माहाकाली नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले सक्रमणबाट बच्न माहाकाली नगरपालिका कार्यालयले प्रदान गर्दै आएको दैनिक सेवाहरु मध्य अत्यावश्यक सेवा बाहेक अन्य स्थागित गर्ने निर्णय गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिए ।

कोरना भाइरस संक्रमण रोकथामको पुर्व तयारी नगरि नहुने आकस्मिक कार्य एवम् अन्य ब्यवस्थापन गरि नगर भित्र हुने कृयाकलापलाई सहजीकरण गर्नका लागी माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्र जोशी, माहाकाली नगरपालिका कार्यालयका सुचना अधिकृत रघुनाथ भट्ट र जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महराको नेतृत्वमा एक टोली गठन गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

यस्तै बैठकले माहाकाली नगरपालिकाका १० वटा वडाहरुमा कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणको लागी पुर्ण सुचना प्रचार–प्रसार गर्ने सक्रिय समित गठन गरि परिचालित गर्ने निर्णय एवम् निर्देशन गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा आवात जावतमा पुर्णरुपमा बन्द गर्ने माहाकाली नगरपालिका बिपद् ब्यवस्थापन समितिले केही दिन अघि मात्रै निर्णय गरेको हो ।

बैठकमा उक्त भइरसबाट जोगिन र जोखिम घटाउन माहाकाली नगरपालिकाका गाँउ बस्तीमा जनचेतनामुलक कार्यक्रम संचालन गरिने निर्णय गर्दै बिश्वब्यापी संक्रमणको बेला घरमै बस्न आग्रह गरिएको छ् । संक्रमितको लक्ष्मण देखिएमा तुरुन्तै स्वास्थ्य केन्द्र तथा प्रहरीमा समेत खबर गर्न आग्रह गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बताएका छन् ।

कोरोना भाइरसको डरले माहाकालीका बजार बन्द भएका छन् । माहाकाली नगरपालिकाका चाँदनी बजार, हेल्पोष्ट बजार, बाबाथान बजार, आमभोज बजार लगाएत बजार बन्द भएको खबर प्राप्त भएको छ् ।

भाइरस एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न सक्ने भन्दै माहाकाली नगरपालिकाका बजारहरु बन्द गरिएको स्थानियहरुले बताएका छन् । कोरोना भाईरस फैलिने जोखिम बढेको भन्दै आज राती १२ बजेदेखी कंचनपुर का सम्पुर्ण उद्योग धन्दा, कलकारखाना र बजार बन्द गर्ने स्थानीय प्रशासनले निर्णय गरेको छ । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सर्वसाधारण लाई आग्रह गरिएको छ् । अर्को सूचना नभए सम्मका लागी बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here