हिरा लुट्न तीनजना प्रहरी काठमाडौंबाट मकवानपुर पुगेपछि…

काठमाडौं । हिरा लुट्नको लागि काठमाडौंबाट मकवानपुर पुगेको आरोप लागेका तीनजना प्रहरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत १ जना असई र २ जना प्रहरी जवान मकवानपुरको पालुङबाट हिरा लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा असई सुरेन बस्याल, जवान हेमकान्त मगर र वीरबहादुर बस्नेत रहेका छन् ।

पक्राउ परेका तीनैजना निलम्बनमा परिसकेको र उनीहरुमाथि हदैसम्मको कारवाही गरिने बताईएको छ ।

यी तीनैजना ड्युटी समयपछि लुटपाटका लागि मकवानपुर पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here