काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित विरामी फेला परेका छन् ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको बताएका हुन् ।

मन्त्रालयका अनुसार फ्रान्सबाट काठमाडौं आएकी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनी १९ वर्षिय महिला विद्यार्थी हुन् । उनी होम क्वारेन्टाइनमा थिइन्।

हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले रोगका बारेमा सरकारले कुनै सूचना नलुकाउने र संक्रमिच चढेको जहाजमा आएका सबैको खोजी गरेर उनीहरुलाई क्वारेण्टाइनमा राखिने बताए ।

यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here