दादुरा-रुबेला खोप अभियान स्थगित

काठमाडौं, १० चैत । राष्ट्रिय दादुरा-रुबेला खोप अभियान चैत मसान्तसम्मका लागि स्थगित भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै कोभिड-१९ को संक्रमणको सम्भावित जोखिम न्यूनीकरण तथा भीडभाडको कारण हुनसक्ने जोखिम कम गर्न लागि स्थगन गरिएको जनाएकोे छ।

मन्त्रालयले फागुन र चैत महिनाको लागि राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको थियो । सञ्चालन सुरु नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुमा स्थगित भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here