एनआईसी एशिया बैंकको अतिरिक्त काउन्टर बन्द

काठमाडौं, १० चैत । एनआईसी एशिया बैंक लिमिटेडले अतिरिक्त काउन्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

कोरोना भाइरसको सम्भावित महामारीकोलाई ध्यानमा राखेर आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरहरूमार्फत नियमित काउन्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्युरोड र भक्तपुर (शनिबार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउन्टर सेवाबाहेकका अतिरिक्त काउन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने जनाएको हो ।

यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउन्टरहरू २०७६ चैत १० देखि बन्द रहनेछन् ।

तर बैंकको नियमित काउन्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

बैंकको नियमित काउन्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here