यशूका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

काठमाडौं, ११ फागुन । यशुका अनुयायी क्रिश्चियनहरुलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्टर ९क्रिश्चियन धर्म गुरु० लाई कास्की प्रहरीले पक्राउ गरेको छ।

सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्।

विश्वव्यापी रुपमा कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका उनलाई अफवाह फैलाएको आरोपमा पक्राउ गरि हिरासतमा राखिएको छ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

उनले मान्छेहरूलाई भेला पारी ‘यशूले कोरोनाभाइरस निको पार्ने’, ‘परमेश्वरको कृपा चाइनामाथि छ’, लगायतका भ्रम फैलाएको आरोपमा लागेको छ ।

क्रिश्चियन वाहुल्य युरोपका राष्ट्रहरु इटली, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा फैलिरहेको छ। क्रिश्चियन धार्मिक अनुयायीहरुकै ठुलो संख्यामा ज्यान गैरहेको छ ।

यसअघि उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here