कोरोना भाइरस उपचार कोषमा निर्माण व्यवसायी कोषको तर्फबाट एक करोड

काठमाडौं, ११ चैत । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायी कोषका तर्फबाट एक करोड योगदान गर्ने निर्णय भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद्‍अन्तर्गतको कोषबाट नेपाल सरकारअन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने जनाईएको छ ।

यसैबीच कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।

साथै लकडाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ(आफ्नो निर्माण कार्य बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एसोसिएट सदस्यहरुले आ-आफ्नो सचिवालयहरु सरकारको निर्देशनअनुसार बन्द गर्न-गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here