प्राइम लाइफले एचआईभी एड्स संक्रमितको जीवन बीमा गरिदिने

काठमाडौं, ३० चैत । प्राइम लाइफ इन्स्योरेन्सले एचआईभी एड्स संक्रमितहरुको पनि जीवन बीमा गरिदिने भएको छ ।
कम्पनीले संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने बताएको छ ।

उसले नयाँ योजनका लागि राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालसँग एक सम्झौता पनि गरेको छ । एचआईभी संक्रमितहरुका लागि बीमा योजना ल्याउने सहमतिमा महासंघका अइक्ष राजेश दिदिया र प्राइमलाईफका प्रमुख कार्यकारी अधिकृत मनाजेकुमार भट्टराइले हस्ताक्षर गरेका छन् ।

हालसम्म एचआईभी एड्स संक्रमितहरुको जीवन बीमा हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here