नेपाल धितोपत्र बोर्डले कोरोना उपचार कोषमा ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि बोर्डका तर्फबाट ५० लाख रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको बोर्डले जारी गरेको विज्ञप्तमा जनाईएको छ ।

साथै यस विपत्तिको घडीमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफ्नो तर्फबाट समेत सहयोग पु¥याउन पुँजीबजारका सबै सहभागी नेप्से, सीडीएसी, क्रेडिट रेटिङ संस्थाहरू, मर्चेन्ट बैंकरहरू, धितोपत्र दलाल व्यवसायी, आस्वा सदस्यहरू तथा सूचीकृत कम्पनीलगायत संस्थालाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here