अझै बालुवामा पानी बन्दैछ सरकारी शिक्षा

काठमाडौं, ३० चैत । दशकौंदेखि सरकारी विद्यालयको नतिजा खस्किंदै आइरहेको छ । पछिल्ला वर्षहरुमा त सरकारी विद्यालय निजीसँग तुलना नै गर्न नसकिने गरी कमजोर बनेका छन् ।

राम्रो भौतिक पूर्वाधार र शिक्षकहरुको तलब भत्ता तथा मुलुकको बजेटको मुख्य हिस्सा भए पनि त्यो बालुवामा पानी भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

शैक्षिक वर्ष २०७३ र २०७४ को माध्यमिक शिक्षा परीक्षामा नियमित तर्फ क्रमश ः ४ लाख ४५ हजार ५ सय ६४ जना र ४ लाख ६६ हजार ९ सय ११ जना परीक्षार्थी समावेश भएका थिए ।

गत वर्षको एसईई नतिजा अनुसार जीपीए (ग्रेड पोइण्ट एभरेज) २.८ देखि ४.० सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या सामुदायिक विद्यालयतर्फ ११.५८ प्रतिशत र संस्थागत विद्यालयतर्फ ७३.९६ प्रतिशत छ ।

वि.सं. २०७३ को एसईई परीक्षामा जीपीए २.८५ देखि ४ सम्म प्राप्त गर्नेको संख्या सामुदायिक विद्यालय तर्फ ४४.८९ प्रतिशत र निजीतर्फ ९५.४९ प्रतिशत थियो ।

सो वर्ष जीपीए ० देखि २.० प्राप्त गर्नेको संख्या सरकारी तर्फ ५५.४२ प्रतिशत र निजीतर्फ ४.२४ प्रतिशत रहेको पाईएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here