१९७ देशमा कोरोना: एकैदिन करिब २३ सयको मृत्यु, ४२ हजार नयाँ बिरामी थपिए

काठमाडौं, १२ चैत । कोरोना भाइरस १९७ देशमा फैलिएको छ । यसले करिब १९ हजारको ज्यान लिइसकेको छ। यही अवधिमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख २१ हजारभन्दा बढी पुगेको छ।

पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख २१ हजार ४ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ८८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

एकैदिन विश्वमा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । मंगलबार उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मंगलबार नै विश्वभर कोरोना भाइरसका ४२ हजार ५ सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो । इटालीमा मंगलबार कोरोना भाइरस संक्रमणको कारण ७ सय ४३ जनाले ज्यान गुमाएका थिए । इटालीमा सोही दिन ५ हजार २ सय ४९ कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए ।

इटालीपछि स्पेनमा ठूलो संख्यामा मृत्यु भएको छ । मंगलबार स्पेनमा कोरोना भाइरसको संक्रमणको कारण ६ सय ८० जनाको मृत्यु भएको थियो । मंगलबार ६ हजार ९ सय २२ जना कोरोनाका नयाँ संक्रमित स्पेनमा देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here