नेपालमा थप एकजनामा कोरोनाको संक्रमण भेटियो

काठमाडौं, १२ चैत । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा शंकास्पदको स्वास्थ्य परीक्षणको क्रममा एक जनाको नतिजा ‘पोजेटिभ’ आएको हो।

यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।

सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here