जीवन बीमामा किस्ताको ब्याज छुट

काठमाडौं १२, चैत । जीवन बीमा कम्पनीहरुले ग्राहकले तिर्नुपर्ने शुल्क (प्रिमियम)मा ब्याज छुट दिने भएका छन् । कोरोना भाइरसका कारण जनजीवन असामान्य बनिरहेको समयमा तोकिएको मितिमा किस्ता नतिर्ने ग्राहकसँग ब्याज नलिन बीमा समितिले कम्पनीलाई निर्देशन दिएको छ ।

अहिलेको अवस्था सामान्य भएको मितिले १५ दिनसम्म शुल्क तिर्न पाइने व्यवस्था मिलाउन बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो । निर्देशन अनुसार नागरिकले अवस्था सामान्य नभएसम्म शुल्क बुझाउनु पर्ने छैन । अवस्था सामान्य भएपछि पनि १५ दिनसम्म भुक्तानी गरे ब्याज मिनाह हुनेछ ।

भुक्तानी गर्नु पर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमा लेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा समितिले बीमा कम्पनीहरूको कारोबारलाइ सहज बनाउने गरी विभिन्न निर्देशन जारी गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले जनजीवन सरल बनाउन समितिले विभिन्न निर्देशन दिएको छ ।

बीमा कम्पनीले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ । बीमा क्षेत्रमा धेरै कारोबार चेक भुक्तानी विधिबाट हुने गरेकोमा अब डिजिटल कारोबारले प्राथमिकता दिइने पनि समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here