पोखरामा क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु

संकेतिक तस्विर

काठमाडौं, १२ चैत । पोखराको क्वारेन्टाइनमा राखिएका एकजना बिरामीको मृत्यु भएको छ ।

भारतको हैदरावादबाट फर्किएर कास्कीको रुपा गाउँपालिका निवासी ५० वर्षीय एकजनाको मृत्यु भएको हो ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी १२ दिनअघि भारतबाट आएको र मंगलबार क्वारेन्टाइनमा राखिएका थियो । मुटुरोग र केलेजोमा पानी जम्ने समस्या रहेको उनको मृत्यु कोरोना भाइरसबाट भएनभएको भन्नेबारे कुनै रिपोर्ट आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here