नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, यस्तो छ शर्त

काठमाडौं,१२ चैत । नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ।

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि पूर्ण लकडाउन घोषणा गरेपछि नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त व्यवस्था गरेको हो ।

शतप्रतिशत वोनस रकम नेपाल टेलिकमका जीएसएम तथा सिडीएमए को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा प्राप्त हुनेछ।

यसरी प्राप्त गरेको वोनस रकमबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिनेछ छ।

रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने २०० र ५०० रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

त्यसैगरी १ हजार रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।

यस्तै टेलिकमले एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

साथै १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी ५०० देखि ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १ हजार वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न सकिने छैन। यो सुबिधा चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here