काठमाडौं, १३ चैत । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले कोरोना भाइरस उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बिहीवार सामाजिक सञ्जाल मार्फत सन्दीपले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैयाँ दिने बताएका हुन्।
“शारीरिक दुरीको यस घडीमा हेरचाह र समर्थनको खाँचौ परिरहेको नबिर्सनु होस्,ˮ उनले आफ्नो सामाजिक सञ्जालमा “दया र जिम्मेवारीसँगै मानवता हावी हुने छ । सबै सुरक्षित रहनुस् ।ˮसबैलाई अपिल समेत गरेका छन्।
























