दोस्रो र पाँचौं संक्रमित युवती एकै विमानमा नेपाल

काठमाडौं, १५ चैत । चैत ४ गते कतार एयरको फ्लाइट नम्बर क्युआर ६५२ बाट नेपाल आएकी किशोरीमा कोरोनाको संक्रमण देखिएको छ।

बेल्जियमबाट उनी कतार हुँदै नेपाल आएकी थिइन्।

उनी आएको र यसअघि कोरोना देखिएकी १९ वर्षीया युवतीको फ्लाइट एउटै रहेको छ।

नेपाल आए लगत्तै उनी बागलुङ पुगेकी थिइन्। घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् उनी। उनका आफन्त डाक्टर हुन्। आफन्तले उनको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो।

यसअघि नेपालमा दोस्रो केसको रुपमा सोही एयरबाट काठमाडौंकी १९ वर्षीया किशोरीमा पाि कोरोनाको संक्रमण देखा परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here