कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, ६६ हजार बढी नयाँ संक्रमित थपिए

काठमाडौं, १६ चैत । कोरोना संक्रमणबाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। शनिबार एकैदिन विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

शनिबार सबैभन्दा बढीको मृत्यु इटाली भएको थियो। इटालीमा कोरोनाका कारण शनिबार ८ सय ८९ जनाको मृत्यु भएको थियो भने १० हजार २३ जना नयाँ बिरामी थपिएका थिए।

स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्।

अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ।

फ्रान्समा शनिबार ४ हजार ६ सय ११ नयाँ बिरामी थपिएका छन्। यस्तै, शनिबार फ्रान्समा कोरोनाका कारण ३ सय १९ जनाको मृत्यु भएको छ।

इरानमा पनि शनिबार कोरोनाबाट १ सय ३९ जनाको मृत्यु भएको थियो। इरानमा सोही दिन ३ हजार ७६ कोरोनाका नयाँ बिरामी देखिएका थिए।

बेलायतमा कोरोनबाट शनिबार २ सय ६० जनाको मृत्यु भएको छ। शनिबार बेलायतामा २ हजार ५ सय ४६ नयाँ बिरामी थपिएका छन्। स्वीट्ज्यरल्याण्डमा शनिबार ३३ जनाको मृत्यु भएको थियो भने १ हजार १ सय ४८ नयाँ संक्रमित थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here