लुक्ला विमान दुर्घटनामा कोपाइलट र दुई असईको ज्यान गयो

काठमाडौं, १ बैसाख । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा आइतवार विहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र असईद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । समिट एयरका पाइलट आरबी रोकाया गम्भीर घाइते भएका छन् भने एयर होस्टेस सुरक्षित रहेको बताइएको छ ।

टेकअफका बेला समिट एयरको विमान रनवेबाट चिप्लिएर पार्किङ गरिराखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोकिएको थियो ।

श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको श्रीका प्रवन्धक अनिल मानन्धरले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here