भाडामा बस्नेको एक महिनाको घरभाडा मिनाहा !

काठमाडौं, १६ चैत । सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले सबै घरधनीले एक महिनाको भाडा नलिन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले एक महिना घरभाडा मिनाहा गरेबापत उक्त महिनाको घरबहाल कर पनि मिनाहा गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

त्यस्तै असंगठित क्षेत्रका दैनिक ज्यालादारीलाई स्थानीय तहले राहत दिने परिवारको लगत तयार गर्ने र स्थानीय तहले दैनिक खाद्यान्न पुग्ने गरी लकडाउन अवधिभरका लागि राहात दिने निर्णय पनि सरकारले गरेको छ।

प्रत्येक स्थानीय तह र प्रदेशले आफ्ना कोष खडा गरी राहत दिन सक्ने अपर्याप्त भएमा नेपाल सरकारले राहत दिन सक्ने निर्णय पनि सरकारले गरेको छ। आइतबार साँझ बसेको मन्त्रपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here