लकडाउन अवज्ञा गर्ने ७४० जना पक्राउ, तीन घण्टा सडकमै उभ्याइने

काठमाडौं, १७ चैत । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट ७ सय ४० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना समेत छन् । लकडाउन अवज्ञा गरेकोमा नियन्त्रणमा प्रहरीले जनाएको छ ।

आजबाट सडकमा निस्कनेलाई तीन घण्टा सडकमै राखिने जनाईएको छ । त्यस्तै ८४ वटा सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिन थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here