सेयर कारोबार पुनः एक साताका लागि बन्द

काठमाडौं १७, चैत । मंगलबार देखि पनि सेयर कारोबार नखुल्ने भएको छ । नेप्सेले थप एक साताका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि सेयर किनबेच नखुल्ने भएको हो । नेप्सेले सोमबार उक्त निर्णय गरेको हो । सो निर्णय अनुसार चैत २५ गतेसम्म सेयर कारोबार बन्द रहनेछ । सरकारले गरेको ‘लकडाउन’ सहयोग पुर्याउने उद्देश्यले यही चैत २५ सम्म बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेञ्ज जनाएको छ ।

सोमबार नेप्से सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कोरोना संक्रमणको असर भन्दै गत सोमबार देखि सेयर कारोबार बन्द छ । धितोपत्र बोर्डले गत सोमबार देखि ६ कारोबार दिन बजार बन्द गर्न निर्देशन दिएको थियो ।

सूचीकरण तथा कारोबार नियमावली २०७५ को निमय २१ बमोजिम नेप्सेले एक साताका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो । नियमावली मुलुकमा राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आएमा नेप्सेले कारोबार रोक्न सक्ने व्यवस्था छ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार कारोबार स्थगनको गरिएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here