गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख, कस्ले कति दिए ?

काठमाडौं, १७ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीको सहयोमा सो रकम संकलन गरिएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले थप सहयोगका लागि विश्वभर छरिएका नेपाली समुदायलाई अपिल समेत गरेका छन् । संघले सानिमा बैंकको खाता नं ०२४०१०५१०००००३४ मा रकम जम्मा गर्न सकिने बताएको छ ।

कोरोनाभाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य वेलायतमा दुई जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ ।

संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सक्रिय रहेको पनि श्रेष्ठले बताएका छन् ।

हालसम्म नगद सहयोग व्यक्ति तथा संस्थाः

१. गैर आवासीय नेपाली संघ कोरियाः रु. १ करोड ३० लाख
२. गैर आवासीय नेपाली संघ जापानः रु. ५ लाख
३. गैर आवासीय नेपाली संघ ओमनः रु. ५० हजार २ सय
४. उपेन्द्र महतो (बेलारुस): रु. ५ लाख
५. जीवनाथ लामिछाने (जर्मनी): रु. ५ लाख
६. कुमार पन्त (जर्मनी): रु. ५ लाख
७. सोनाम लामा (अमेरिका): रु. ५ लाख
८. बद्रि केसी (रसिया): रु. १ लाख
९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख
१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
११. गौरी जोशी (अमेरिका): रु. ५ लाख
१२. आरके शर्मा (कतार): रु. २ लाख
१३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
१४. लोक दाहाल (बेल्जियम): रु. १ लाख
१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान): रु. १ लाख
१६. राजेन्द्र अर्याल (साउदी अरब): रु. १ लाख
१७. दिपक प्रसाद कंडेल (जापान): ५० हजार
१८. पुरुसोत्तम बोहोरा (अमेरिका): रु. १ लाख
१९. लोकनाथ वस्ती (जापान): रु. ५० हजार
२०. राजन त्रिपाठी (अमेरिका): रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना (बेलायत): रु. ५० हजार
२२. चन्द्र गुरुङ (बेलायत): रु. १ लाख
२३. टंक लम्साल (जर्मनी): रु. ५० हजार
२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड): रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत (क्यानाडा): रु. १ लाख
२६. अब्दुल बसिद (कतार): रु. १ लाख
२७. रमेश भण्डारी (साउदी अरब): रु. ३२ हजार (करिव)
२८. नारायण पासवान (साउदी अरब): रु. १० हजार
२९. कुमार कार्की (थाईल्याण्ड): रु. १ लाख
३०. कृष्ण लामिछाने (अमेरिका): रु. ५० हजार
३१. प्रमिला बस्नेत (क्यानाडा): रु. १५ हजार
३२. रादेश पण्डित (अमेरिका): रु. ६० हजार (करिब)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here