सफल व्यक्तिका हुन्छन् यस्ता बानी, तपाईं पनि अपनाउनुहोस्

हरेक मानिसले आफ्नो जीवन सफल र राम्रो होस् भन्ने चाहन्छन् । जीवनमा सफल बन्ने प्रयास हर कोहीले गरिरहेका हुन्छन् । तर, पनि सबैले सफलता हात पार्दैनन् । इमान्दारीताको साथ दिनरात कडा मेहेनत गरिरहदा पनि मानिस सफल बन्न नसकेको उदाहरणहरु हाम्रो सामु धेरै छन् ।

पक्कै पनि तपाईं आफ्नो जीवन सफल होस् भन्ने चाहनुहुन्छ वा तपाईंले पनि धेरै दुख गर्दा पनि जीवनमा चाहेजस्ते सफलता हात पार्न सक्नुभएको छैन होला ।त्यसो भए सफल बन्नको लागि के गर्ने त ?

हामीले आफ्नो दैनिक जीवनमा थारै मात्र परिवर्तन गर्दा पनि सफल बन्न सक्छौं । त्यसको लागि निम्न उपायहरु अपनाउनुहोस्ः

सफल व्यक्तिले यसरी गर्छन दिनको सरुवात

दुनियाँका हरेक मान्छेको क्षमता समान हुन्छ । सफल र असफल व्यक्तिमा जुन कुराले फरक पार्दछ, त्यो हो बानीव्यवहार । एक साधारण व्यक्ति र सफल व्यक्तिको बानीमा ठूलो अन्तर हुन्छ ।

सेलिब्रेटी होउन् वा एक सफल उद्यमी सबै आफ्नो दिनको सुरुवात राम्रोसँग गर्न र दिनभर सक्रिय रहिरहन आफ्नो जिवनशैलीमा एक खास बानीको विकास गर्छन् ।

१. बिहान छिटो उठ्ने

धेरैजसो मानिसले विहान छिटो उठेर के फाइदा हुन्छ भनेर प्रश्न गर्छन् तर यसको ठूलो फाइदा छ । यसको सबैभन्दा ठूलो फाइदा यहि हो कि तपाईंले आफूलाई दिने समय धेरै पाउनुहुन्छ । साथै, छिटो उठ्ने बानीले तपाईं आफ्नो कलेज वा अफिस कहिल्यै ढिलो पुग्नु हुन्न ।

यदि कुनै काममा ढिलो पुग्नु भयो भने धेरै तनाव हुने गर्छ र त्यसको नराम्रो प्रभाव तपाईंको पुरै शरीरमा पर्न जान्छ । त्यसरि दिनको सुरुवातमै तनाव भएमा तपाईंको पुरा दिन सफल बन्न सक्दैन् ।

२. हाँस्नुस र पोजेटिभ सोच्नुस्

चिन्ता लिएर बस्नुभन्दा सँधै हास्ने कोशिश गर्नु पर्छ भनेर चिकित्सकहरुले पनि सुझाउँछन् । यहि कुरा हाम्रो दैनिकीमा पनि लागु हुने गर्छ ।

दिनको सुरुवात मुस्कुराउदै र सकारात्मक कुराहरु सोच्ने गर्नुहोस् । विहान सकारात्मक कुराहरु पढ्ने र सुन्ने बानीको कारण तपाईंको सोच पनि सकारात्मक हुन्छ र दिनको सुरुवात पनि सकारात्मक हुन्छ ।

३. आफ्नो ओछ्यान मिलाएर राख्ने

के तपाईं आफ्नो ओछ्यान नमिलाई त्यत्तिकै छोडिदिनुहुन्छ ? वा तपाईं बाहेक अरु कसैले मिलाउने गरेको छ ? सुतेर उठेपछि ओछ्यान मिलाउने बानीले तपाइको शरीर सक्रिय हुन्छ र निन्द्रा पनि भाग्छ । त्यसकारण तपाईंलाई काममा फोकस गर्नपनि मद्दत गर्दछ ।

४. ध्यान केन्द्रित गर्ने

ध्यान केन्द्रित गर्ने बानीको विकाश गर्नुस् । यसले तपाईंको मनलाई शान्त राख्छ र कुनै प्रकारको चिन्दा पैदा हुदैन् । ध्यान केन्द्रित गर्ने बानीले तपाईंको रिस पनि कन्ट्रोल हुन्छ, यसले तपाईंको रक्तकोषलाई पनि फाइदा पुर्याउछ ।

५. व्यायाम गर्ने बानी

बिहान उठेर एक्सरसाइज गर्ने बानीको विकास गर्नुस् । यसले तपाईंको रक्तसञ्चार प्रक्रिया पनि राम्रो हुन्छ । साथै मानसिक र शारीरिक दुबैको सकारात्मक विकास हुन्छ । यस्तो बानीले दिनभर कमजोर अनुभव हुदैन् ।

६. स्वस्थ ब्रेकफास्ट

ब्रेकफास्ट दिनको पहिलो खाना हो । त्यसैलै यो धेरै स्वस्थकर हुन आवश्यक छ । आफ्नो दिनलाई झनै राम्रो बनाउनको लागि तपाईं डाक्टर वा अन्य कुनै पोषणविद्को सल्लाह बमोजिम आफ्नो ब्रेकफास्ट लिस्ट बनाउन सक्नुहुन्छ ।

७. छिटो सुत्ने

दिनभरको काम र थकान पछि राम्रो निन्द्रा नभएमा तपाईंको दिनको सुरुवात राम्रो बन्न सकदैन् । निद्राले तपाईंको लागि त्यसरी नै उर्जा दिन्छ जसरी चार्जरले मोबाईलको लागि उर्जा दिन्छ ।

मोबाईल फुल चार्ज भएपछि जसरि तपाईं चिन्तित हुनुहुन्न त्यसरी नै आवश्यक निन्द्रा पुरा भएपछि शरीरलाई कमजोर अनुभव हुदैन र धेरै उर्जाको साथ काममा जान सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here