‘लकडाउनमा दिन कटाउन गाह्रो हुँदैन, भाइरसलाई सामान्य रुपमा नलिऔं ‘

काठमाडौं, १९ चैत । चीनको वुहानबाट सुरुभएको कोरोनाभाइरसको त्रास विश्वभर छ। कोरोनाबाट बच्न विश्वनै सतर्क रुपमा लागि रहेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास नै रहेको छ ।

फ्रान्सबाट आएका एक जनामा संक्रमण पाइएपछि सरकारले एकसाताका लागि गरेको लकडाउन फेरि आठ दिनको लागि थपिएको छ । नेपालमा पनि संक्रमण प्रवेश गरे पनि अहिलेसम्म यसकै कारण कसैले ज्यान गुमाउनु परेको छैन ।

कलाकार निर्मल शर्मा ‘गैडा’ कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट बच्न र बचाँउनु हामीहरुको दायित्व रहेको बताउँछन् । कोरोनाले कलाकारको दैनिकी फेरिएपनि जिम्मेवारी भने नफेरिएको उनको दाबी छ ।

क्लाउड पत्रिकासँग कुरा गर्दै उनले सेल्फ क्वारेन्टाइनमा दिन कटाउन आफुलाई गाह्रो महशुस नभएको बताए । धेरै टाढा ननिस्कएपनि सामाजिक सञ्जाल मार्फत, छर-छिमेकमा पुगेर चेतना जनाउनुको साथै टोल छिमेकका परेको समस्यामा साथ दिईरहेको बताए ।

संक्रमण लाग्नुभन्दा अगाडि नै सचेतना अपनाउँदै एकअर्काबाट टाढा रहन सकियो भने पछि पछुताउनै पर्दैन । सबै बाह्य गतिविधि ठप्प भएको अवस्थामा राम्रै हो उनले भने । ‘कुन दिन के गर्ने हो सेड्युल बनाउँदै काम गरिरहेको छु दिन कटाउन गाह्रो हुँदैन ।

आज अप्रिल फूल हो,यो संवेदनशील समयमा कसैलाई अप्रिल फूल नबनाईदिन पनि उनको आग्रह थियो । उमेर पुगेका,अशक्त हिडडुल गर्न नसक्ने हरुलाई आवश्यक उपचार तथा स्वास्थ्य परिक्षण गर्न,खान अभाव हुनेहरुलाई हेरचाह गर्न पनि उनले आग्रह गरे ।

विश्वको विभिन्न देशहरुमा भन्दा नेपालमा यसको त्रास निकै कम रहेपनि हामीले सर्तकता आपनाउनको लागि भने सरकारको नियम पालना गर्नको लागि सबैमा अनुरोध गरेका छन् ।

साथै आफ्नो घरवरपर समस्यामा परेका लागि खाद्यन्य जुटाउन लागि परेको र चलचित्र नगरीमा कोहिलाई खाद्यन्यको अभाव भएदेखि सम्पर्क गर्न समेत आग्रह गरे ।

उनले ‘पिपुल टु पिपुल मुभमेन्ट’ कार्यक्रम मार्फत विभिन्न समयमा राहतको कार्यक्रम साथै सहयोग गर्दै आएका छन् । यसअघि तराइको विभिन्न ठाँउमा विपन्न परिवार, बाढी पिडितलाई राहत कार्यक्रम वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here