भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

काठमाडौं, २२ चैत । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उच्च ज्वरोको कारण युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ। सबैको नमूना हेटौँडामा रहेको प्र्रयोगशालामा पठाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here