नेपालमा थप तीन जनामा कोरोना संक्रमण, नेपाल भित्रै एकबाट अर्कोमा सर्‍यो

काठमाडौं, २२ चैत । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ

कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको हो।

संक्रमण देखिएकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

संक्रमित तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here