नेल्टाका जिल्ला अध्यक्ष भट्टद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी बढे संगै माहाकाली नगरपालिकामा स्वास्थ्य सामग्रीको अभाव रहदै आएको बेला नेल्टाका जिल्ला अध्यक्ष भट्टले माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कञ्चनपुरका जिल्ला अध्यक्ष गोबिन्द भट्टले स्वास्थ्य सामग्री माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, वडा नं. ५ का वडा सदस्य करन सुनारलाई हस्तान्तरण गरेका छन् ।

बाताबरणमा रहेको भाइरस नष्ट गर्नको लागि २ लिटर औषधी र ९ लिटर फिनाईल हस्तान्तरण गरेको नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कञ्चनपुरका जिल्ला अध्यक्ष गोबिन्द भट्टले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बिपत्तको बेला नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) कञ्चनपुरका जिल्ला अध्यक्ष गोबिन्द भट्टले ब्यक्तीगतरुपमा सहयोग गरेको भन्दै धन्यबाद दिएका छन् ।

‘माहामारीको बेला संस्थागत र ब्यक्तीगतरुपमा सहयोगहरु गर्ने क्रममा जारी रहेको र नेल्टा कञ्चनपुरका जिल्ला अध्यक्ष गोबिन्द भट्टले माहामारी फैलिदै गरेको अवस्थामा नितान्तै ब्यक्तीगतरुपमा सहयोग गर्नुभएकोमा उहाँलाई नगरपालिकाको तर्फ देखि धन्यबाद छ्’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।

माहाकाली नगरपालिकाले उहाँको उदारतालाई धन्यबाद दिदै यस घडीमा उच्च मुल्यांकन गर्ने उनले बताए । प्राप्त गरेको स्वास्थ्य सामग्री माहाकाली नगरपालिका स्थित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई बितरण गर्ने बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here