नव नियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् ।

मंगलबार दिउँसो सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबाट पद तथा गोपनियताको शपथ लिएपछिराष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसहित राष्ट्र बैंकका कर्मचारीहरुले कार्यकषमा स्वागत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई राष्ट्र बैंकको १७ औं गभर्नरमा नियुक्त गरेको थियो । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् ।

हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here