थप एक साता सेयर कारोबार पनि बन्द, लकडाउन खुलेपछि खुल्ने

काठमाडौं २५, चैत । बुधबार देखि पनि सेयर कारोबार नखुल्ने भएको छ । नेप्सेले थप एक साताका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि सेयर किनबेच नखुल्ने भएको हो ।

नेप्सेले मंगलबार उक्त निर्णय गरेको हो । सो निर्णय अनुसार २०७७ वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द रहनेछ । सरकारले गरेको ‘लकडाउन’ सहयोग पुर्याउने उद्देश्यले चैत २५ देखि थप एक साता सेयर कारोबार बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेञ्ज जनाएको छ ।

मंगलबार नेप्से सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कोरोना संक्रमणको असर भन्दै दुई साता देखि सेयर कारोबार बन्द छ । नेप्सेले यसअघि पनि एक साताका लागि बजार बन्द गरेको थियो । त्यसभन्दा अघि चैत दोस्रो साता धितोपत्र बोर्डले सेयर काराबोर बन्द गरेको थियो ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार कारोबार स्थगनको गरिएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here