माहाकाली नगरपालिकाले १० हजार साबुन वितरण गर्दै

दोधारा, २५ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी बढे संगै कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागी माहाकाली नगरपालिका क्षेत्रमा साबुन बितरण कार्य अघि बढाएको छ् ।

माहाकाली नगरपालिका कार्यालयले नगर भरी रहेका स्थानियहरुको स्वास्थ्य अवस्था तथा लकडाउनलाई मध्यनजर राख्दै १० हजार ८० पिस साबुन बितरण कार्य सुरु गरेको प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिए । उक्त साबुन वडा अध्यक्ष तथा सदस्यहरुलाई हस्तान्तरण गरिएको उनले बताएका छन् ।

माहामारीलाई नियन्त्रण गर्न लकडाउनको अवस्थामा बजार नखुल्ने तथा आर्थिक कठिनाई भएको कारण स्थानियहरुलाई सहजताको लागी उक्त कार्यक्रम अघि बढाईएको सिजालीले बताए ।

माहाकाली नगरपालिकाका केही वडाहरुले वडाकै बजेटबाट समेत साबुन तथा बिभिन्न स्वास्थ्य सामग्री बितरण गर्दै आएको छ् । वडाहरुले महिला स्वास्थ्य स्वयसेविका मार्फत माहाकालीको वडा तथा टोलहरुमा बितरण कार्य अघि बढाईएको वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तथा जिल्ला जनस्वास्थ्य निरिक्षक जय बहादुर महराले माहाकाली नगरपालिकाको लागी १० हजार ८० खरिद गरि बिपद् ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको बताएका छन् ।

बिपद् ब्यवस्थापन समिति मार्फत वडाका जनप्रतिनिधीहरुलाई हस्तान्तरण कार्य भईरहेको उनले बताए । माहाकाली नगरपालिका कार्यालयले सरकारले घोषणा गरेको लक डाउनलाइ पूर्ण रुपमा पालना गर्न सबैलाई अपिल गर्दै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here