कोरोना रोकथाम कोषमा महालेखापरीक्षकको कार्यालयबाट २४ लाख सहयोग

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको छ ।

उक्त कोषमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले १५ दिन बराबरको तलब सहयोग गरेका छन्।

साथै, अन्य कर्मचारीले चैत ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णयबमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको महालेखापरीक्षक कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजाललले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here