अमेरिकामा कोरोनाको भयावह स्थिती देखिएपछि डब्लूएचओविरुद्ध खनिए ट्रम्प

काठमाडौं, २६ चैत । अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ।

कोरोना नियन्त्रण बाहिर गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) विरुद्ध विभिन्न आरोप लगाउन थालेका छन् ।

कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका हुन् । उनले डब्लूएचओलाई चीन केन्द्रित भएको आरोप लगाएका छन्।

डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछी ट्रम्पले कडा अ‌ालोचना गरेका हुन्।

नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै उनले भनेका छन्– ‘हामीलाई मजाक बनाइयो, स‌ंगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो।’

ट्रम्पले प्रश्न गरेका छन्– ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए ? चीनको वुहानबाट शुरु कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ।

संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ जानको मृत्यु भएको हो।

त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here