दोधारा चाँदनीको विपद् व्यवस्थापन कोषमा सन्तनिरंकारीद्धारा २० हजार

दोधारा, २७ चैत । कोरना भाईरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी तथा नगद सहयोगी हात बढ्दै गएका छन् ।

माहाकाली नगरपालिकाले कोरना भाईरस रोकथाम तथा न्यूनिकरण भविष्यमा आईपर्ने सम्भावित दुर्घटना न्यूनिरणका लागि माहाकाली नगरपालिका स्थित रहेको कृषी बिकास बैंक दोधारा चाँदनीमा विपद् व्यवस्थापन कोषको खाता खोलेको छ् ।

माहाकाली नगरपालिकामा दिनानुदिन विपद् व्यवस्थापन कोषमा सहयोगी हात बढ्दै गएका छन् । आज सन्त निरंकारी मण्डल कञ्चनपुरले कोरना भाईरस रोकथाम तथा न्यूनिकरण भविष्यमा आईपर्ने सम्भावित दुर्घटना न्यूनिरणका लागि रु. २० हजारको चेक हस्तान्तरण गरेको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई सन्त निरंकारी मण्डल कञ्चनपुरका अध्यक्ष नर बहादुर बिश्वकर्माले हस्तान्तरण गरेका छन् ।

भक्त बहादुर सुनार, गुमान सिंह बिक, नरेश सिंह, बिशन बिक, जंग बहादुर लगाएतका सन्त निरंकारीको टोलीले संकलित रकम रहेको बताउदै सन्त निरंकारी मण्डल कञ्चनपुरका अध्यक्ष नर बहादुर बिश्वकर्माले उक्त रकम मानव सेवामा लगाउने निर्णय भए बमोजिम माहामारीबाट जोगाउन सहयोग पुग्ने आशयले माहाकाली नगरपालिकालाई उक्त रकम हस्तान्तरण गरिएको बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले यस्तो माहामारीले बिकरालरुप लिदै गएको अवस्थामा सहयोग गर्नुभएकोमा सन्त निरंकारी मण्डल कञ्चनपुरका टोलीलाई बिशेष धन्यबाद दिदै महामारीमा सहयोग साथ सर्मथनबाट माहाकाली नगरले सहजै ढंगगबाट कोरना बिरुद्ध सामना गर्न सकिने बताएका छन् ।

आपतकालीन समयमा संस्थाको तर्फबाट आएको आर्थिक सहयोगले महामारीको दुखद घडिमा नगरपालिका क्षेत्रका गरिब, विपन्न समुदायलाई सहयोगका साथै राहत पुग्ने र यो समयमा सहयोग गर्ने सहयोगी संघसंस्थाहरु लाई माहाकाली नगरपालिका प्रमुखले हार्दिक धन्यवाद समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here