काठमाडौं । भारतमा एक जना कोरोना संक्रमित बिरामीले आत्महत्या गरेका छन् ।
भारतीय मिडियाहरुले जनाएका कोरोना भाइरस पोजेटिभ भएको पुष्टिसँगै शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन् ।
आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजमा उपचाररत थिए । कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।