कोरोना प्रभाव: फाइबर ग्लास,प्रोटेक्टिभ मास्क र भेन्टिलेटर बनाउँदै गाडी उत्पादक कम्पनी

काठमाडौं । गाडी तथा पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरुले फाइबर ग्लास, प्रोटेक्टिभ मास्क र भेन्टिलेटर बनाउन थालेका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संसारका अधिकांश देशले आफ्नो देशका कार उत्पादकलाई मास्क, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री बनाउन लगाएका छन्।

भारतको मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्न लागेको छ ।

भारतभर रहेका सवारी उत्पादकहरू कच्चा पदार्थ, इन्जिनियरसहितका कामदारलाई उपस्थित गराएर भेन्टिलेटर तथा स्वास्थ्य सामग्री उत्पादनमा जुटेका छन्।

महिन्द्रा र एमजीले भेन्टिलेटर बनाइरहेका छन्। दुईपाङ्ग्रे सवारी उत्पादक टीभीएसले मास्क उत्पादन गरिरहेको छ।

सामान्यतया ५ देखि १० लाख भारतीय रुपैयाँसम्म पर्ने त्यस्ता भेन्टिलेटर महिन्द्राले ७ हजार ५ सयभन्दा बढी सस्तोमा उत्पादन गरिरहेको बताइएको छ।

पिस्टन र बेरिङ बनाउने कम्पनीहरू अहिले धमाधम फाइबर ग्लास र प्रोटेक्टिभ मास्क बनाइरहेका छन्। हर्सपावर र क्युविक क्यापासिटी ९सिसी०को बारेमा मन्थन गर्ने कम्पनीहरू मानिसलाई कृत्रिम श्वास दिन चाहिने भेन्टिलेटर बनाउन थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here