काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्न लागेको हो ।
राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेको टेण्डर चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले हात पारेको छ ।
केन्द्रीय बैंकले ५ रुपैयाँ दरको ३० करोड थान नयाँ नोट छाप्न उक्त कम्पनीसँग ४३ लाख ९७ हजार ५०० अमेरिकी डलरमा खरिद सम्झौता गरेको छ ।
१० रुपैयाँ दरको ३४ करोड थान नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० अमेरिक डलरमा खरिद सम्झौता गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ५ रुपैयाँको नोट छपाइका लागि २०२० जनवरी १३ मा र १० रुपैयाँ दरको नोट छपाइका लागि १४ जनवरीमा द राइजिङ नेपालमा बोलपत्र आह्वान गरेको थियो ।
नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने सोही सूचनाका आधारमा प्राप्त बोलपत्रहरू मध्येबाट मूल्याङकन गर्दा न्यूनतम मूल्याङकित बोलपत्र पेस गर्ने उक्त कम्पनीसँग २०७६ चैत २८ गते खरिद सम्झौता गरेको राष्ट्र बैंकले जनाएको छ ।

























