पेरिसस्थित विश्व प्रसिद्ध नोट्रे डाम क्याथरडलमा भीषण आगलागी

काठमाण्डौ, ४ बैशाख । भीषण आगलागीका कारण फ्रान्सको पेरिसमा रहेको प्रसिद्ध नोट्रे डाम क्याथरडल (चर्च) केही क्षणमै खरानी भएको छ ।

पेरिस सहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा चिनिने ऐतिहासिक धरोहर नोट्रे डाममा सोमबार राती एक्कासी आगलागी भएको थियो ।

आठ सय वर्ष भन्दा पुरानो ऐतिहासिक चर्चमा आगलागी भएपछि विश्वभरका क्याथोलिकहरु स्तब्ध भएका छन् ।

आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको छ । चर्चको दुई बेल टावर भने सुरक्षित रहेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोनले चर्चमा आगो लाग्दा ‘पुरै देश जलिरहेको जस्तो लागेको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोट्रे डाममा आगलागी हुने विश्वकै लागि एक दुखद घटना भएको बताएका छन् ।

नोट्रे डाम फ्रान्सको सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने ऐतिहासिक सम्पदाको रुपमा पनि चिनिन्छ । फ्रान्सकै चर्चित आइफेल टावरमा भन्दा धेरै पर्यटक नोट्रे डाममा पुग्ने गरेको तथ्यांकले बताउँछ ।

चर्चको पुननिर्माणको क्रममा आगोलागि भएको हुनसक्ने अनुमान गरिएको छ । फ्रान्सेली राष्ट्रपती म्याक्रोनले यसको पुननिर्माणको लागि नागरिकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here