नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, ५ बैशाख । नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

मन्त्रालयद्वारा जारी विवरण अनुसार उदयपुर जिल्लामा १२ जना पुरुष र चितवनमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

उदयपुर जिल्लामा संक्रमित हुने पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन्। भने चितवन जिल्लामा २७ वर्षीय पुरुष र ६३ वर्षीय महिलामा संक्रमण देखिएको हो।

चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here