कोरोना भाइरस रोकथामको लागि माहाकाली नगरपालिकामा एक करोडको विपद् कोष

दोधारा, ८ बैशाख । माहाकाली नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरेको प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

माहाकाली नगरपालिका नगरकार्यपालिका बैठकले स्थापना गरेको कोषको रकम कोरोना भाइरस रोकथाम तथा राहत प्याकेज वितरण र अन्य विपद् व्यवस्थापन गर्नका लागि खर्च गरिने सिजालीले जानाकारी दिए ।

दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्ने मजदुरहरुलाई परिवार संख्याका आधारमा राहत वितरण गर्ने मापदण्ड निर्धारण गरिएको उनले बताए ।

कोरोना भाइरस पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी वडास्तरीय समन्वय समिति तथा जनप्रतिनिधी मार्फत राहत वितरण गरिने बताइएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here