नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,९ बैशाख । नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको पोजेटिभ देखिएपछि थप पुष्टि गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले एक जनाको यसअघि नै संक्रमित पुष्टि गरेको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here