टिकटकले भारतबाट हटायो ६० लाख भिडियो, आपत्तिजनक सामग्री हटे

छोटा मनोरन्जनात्मक भिडियो बनाउने सुविधा प्रदान गरिरहेको टिकटकले भारतबाट मात्र ६० लाख भन्दा बढी भिडियो हटाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार टिकटकले आपत्तीजनक भिडियोहरु हटाइरहेको छ ।

टिकटकले एपका माध्यमबाट छोटो मनोरन्जक भिडियो बनाउने सुविधा दिने गरेको छ । भारतमा सोमबार मद्रास हाइकोर्टले यो एप बन्द गर्न केन्द्र सरकारलाई आदेश समेत दिइसकेको छ । टिकटकले अघिल्लो वर्ष जुलाई यता ती सामग्री हटाएको हो ।

खासगरी सामुदायिक नियम उल्लंघन गर्ने खालका सामग्री टिकटकले आफ्नो एपबाट हटाएको छ । भारतमा टिकटकका कारण विकृत बढ्दै गएपछि यसको विरोध शुरु भएको छ । गत सातामात्रै भारतकाे दिल्लीमा एक युवाले बन्दुक लिएर टिकटक बनाउने क्रममा गाेली चल्दा उनका साथीकाे मृत्यु भएकाे थियाे ।

टिकटक विरुद्ध विरोध बढ्दै गएपछि एपले आफ्नो सुविधाहरुमा पनि सुधार थालेको छ । टिकटक एपको उपयोग १३ वर्षभन्दा माथिको उमेरका प्रयोगकर्ताले मात्र गर्न पाउँछन् ।

अदालतको आदेश आएसँगै भारतमा प्लेस्टोर र एपस्टोरबाट टिकटक र पब्जी हटाइएको छ । यसको मतलव अर्को आदेश नआएसम्म अब नयाँ प्रयोगकर्ताले यो एप डाउनलोड गर्न सक्दैनन् । भारतमा मात्र टिकटकका १२ करोड सक्रिय प्रयोगकर्ता रहेको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here