कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब ११ करोड जम्मा

काठमाडौं, १० बैशाख । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन जम्मा भएको छ।

संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

मंगलबार एभरेष्ट बैंकले ६० लाख रुपैयाँ, राष्ट्रिय योजना आयोगबाट ४ लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट ३ लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय २ लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल २ लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा १ लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ ।

सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here