चीनले तातोपानी नाकामा ल्याएर नेपाललाई दियो मेडिकल सामग्री

काठमाडौं, १० बैशाख । चीनले कोरोना महामारीविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो।

चिनियाँ अधिकारीले बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन्।

उक्त सामाग्रीमा १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएमसहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप रहेको छ ।
ती सामान बुधबार साँझसम्म काठमाडौं आइपुग्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here