तरकारीको मूल्य ५० प्रतिशत घट्यो, कुनको मूल्य कति ?

काठमाडौं, ११ बैशाख । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको मूल्य प्रायः घटबढ भइरहन्छ ।

एक दिन कम मूल्य भएको तरकारी भोलिपल्ट ह्वात्तै बढेको पाइन्छ भने कुनै समय अघिल्लो दिनको तुलनामा तरकारीको मूल्य स्वाट्टै घटेको पनि पाइन्छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार लकडाउन यता तरकारीको मूल्य ५० प्रतिशतभन्दा बढी घटेको छ ।

आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।

कालीमाटी तरकारी बजारको मूल्य सुची अनुसार बिहिबार गोलभेडा सानो प्रतिकेजी २० रुपैयाँ रहेको छ भने भारतीय गोलभेडा २५ रहेको छ ।

आलु ३३ , प्याज सुकेको ३२, गाजर लोकल ३०, तराई २० रुपैयाँमा किनबेच भैरहेको छ । त्यस्तै २० देखि २५ सम्म, काउली स्थानीय २५, ज्यापु २० रुपैयाँ रहेको छ ।

बोडी ३० , मटरकोसा ३५, सिमी, ३०, तितेकरेला ६० रुपैया रहेको छ ।

कालिमाटी बजारका अनुसार तितेकरेलाको मूल्यमा ५५ रुपैयाँ घटेको छ । चैत्र १ गते तितेकरेला १ सय १५ रुपैयाँ थियो भने हाल ६० रुपैयाँमा झरेको छ ।

काउलीमा ८ रुपैयाँ मूल्य घटेको छ । कालिमाटी बजारमा काउली चैत्र १ गतेसम्म ३३ देखि २८ रुपैयाँसम्ममा विक्री भइरहेको थियो ।

हाल कालिमाटी काउली २५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

भिण्डीमा ३३ रुपैयाँ मूल्य घटेको छ । ९८ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको भिण्डी ६५ रुपैयाँमा होलसेल मूल्यमा विक्री हुन थालेको हो ।

बरेला ६२ रुपैयाँबाट ३८ रुपैयाँमा झरेको छ । बरेलामा २४ रुपैयाँ मूल्य घटेको हो ।

चैत्र १ गतेसम्म गोलभेडाको थोक (होलसेल) मूल्य प्रतिकेजी ३३ रुपैयाँ देखि ३८ रुपैयाँ थियो । हाल गोलभेडाको मूल्य ११ देखि १६ रुपैयाँ घटेको छ । कालिमाटी बजारमा गोलभेँडा प्रतिकेजी २० देखि २५ रुपैयाँमा विक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here